काठमाडौंमा अचानक किन गर्मी बढ्यो ?

लोकपथ
140
Shares

काठमाडौं- वर्षात्को मौसम भए पनि केही दिनदेखि काठमाडौं उपत्यकामा गर्मी बढेको छ। केही दिनयता काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा कम पानी परेको छ । यसका कारण बिहानदेखि दिउँसोसम्म नै घाम चर्किँदा गर्मी बढिरहेको छ । मौसमविद्का अनुसार सापेक्षिक आद्रता बढ्दा काठमाडौं उपत्यकामा गर्मी बढेको हो ।

काठमाडौंको हिजो (सोमबार)  को तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । आज पनि यही हाराहारीमा तापक्रम पुग्ने मौसमविद्को अनुमान छ। हाल काठमाडौंको तापक्रम २७ डिग्री सेल्सियस छ । पानी कम पर्दा र वायुमण्डलमा सापेक्षिक आद्रता बढ्दा हपक्कै गर्मी बढेको हो। चिकित्सकले गर्मी बढेका कारण प्रशस्त पानी पिउन सुझाएका छन् ।

मनसुन न्यून चापीय रेखा तराई नजिक आउँदै
जल तथा मौसम विज्ञान विभागले बुधबारबाट क्रमिक रुपमा मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने जनाएको छ। मौसमविद्का अनुसार देशभरी मनसुन सक्रिय भई बिहीबारदेखि धेरै स्थानहरुमा भारी वर्षा हुनेछ। बिहीबार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। शुक्रबार र शनिबार सातै प्रदेशका केही स्थानमा भारी भारी वर्षाको सम्भावना छ।

Photo : google

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?