टी-ट्वान्टी विश्वकपको लागि खेलाडी घोषणा गर्ने न्युजिल्यान्ड पहिलो टोली

काठमाडौं। आगामी अक्टोबर १७ देखि नभेम्बर १४ सम्म ओमान तथा युएईमा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटको लागि खेलाडी घोषणा गर्ने न्युजिल्यान्ड पहिलो टोली बन्न पुगेको छ।

न्युजिल्यान्डले सोमवार टी-ट्वान्टी विश्वकपको लागि केन विलियमसनको कप्तानीमा बलियो टोली घोषणा गरेको छ। न्युजिल्यान्डले घोषणा गरेको टोलीमा केही ठूला नामहरू अटाएका छैनन्। न्युजिल्यान्डले आगामी टी-ट्वान्टी विश्वकपमा भेट्रान ब्याट्सम्यान रस टेलरलाई समेत स्थान दिएको छैन। त्यस्तै कोलिन मुनरो, टम लेथम तथा कोलिन डि ग्रान्डेहोम पनि यस पटकको विश्वकप टोलीमा सम्मिलित छैनन्।

न्युजिल्यान्डले ३४ वर्षीय स्पिनर टोड एस्टललाई भने टोलीमा समावेश गरेको छ। युएईको पिच स्पिनरका लागि राम्रो सावित हुँदा किवी टोलीले एस्टलसँगै अन्य दुई स्पिनर मिचेल सान्टनर र इश सोधीलाई पनि टोलीमा समावेश गरेको छ।

न्युजिल्यान्ड टी-ट्वान्टी विश्वकपको समूह ‘बी’मा रहेको छ। समूह चरणमा ‘विश्व टेस्ट च्याम्पियनशिप’ विजेता तथा ‘ओडीआई विश्वकप क्रिकेट’को उप-विजेता न्युजिल्यान्डले भारत, पाकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै छनोट समूहबाट सुपर-१२ मा माथि आउने दुई टोलीसँग पनि न्युजिल्यान्डको प्रतिस्पर्धा हुनेछ।

टी-ट्वान्टी विश्वकपका लागि किवी टोली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?