सातदोबाटो युथ क्लब र स्टार हस्पिटलबीच सम्झौता

काठमाडौं। शहीद स्मारक ए-डिभिजन लिग खेल्ने फुटबल क्लब, सातदोबाटो युथ क्लबले ललितपुरको स्टार हस्पिटलको साथ पाएको छ।

सातदोबाटोसँग स्टार हस्पिटल लिमिटेडको औपचारिक सम्झौता अनुसार स्टार हस्पिटल क्लबको ‘हस्पिटल तथा हेल्थ पार्टनर’ बनेको छ। सोमवार क्लब र अस्पतालबीच एक वर्षको सम्झौतामा हस्ताक्षर भएको हो।

May be an image of 6 people, people standing and indoor

सम्झौता अनुसार अस्पतालले क्लबलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ। आगामी ए-डिभिजन लिगलाई मध्य नजर गर्दै यी दुईबीच सम्झौता भएको हो। त्यस्तै क्लबले पनि अस्पतालको प्रचारप्रसारको काममा सहभागिता जनाउने छ।

पहिलो पटक ए-डिभिजन लिग खेल्न गइरहेको सातदोबाटो युथ क्लबसँग स्टार हस्पिटलको सम्झौता हाललाई एक वर्षको भएपनि आगामी वर्षमा पनि यसको नवीकरण हुने सम्भावना देखिएको छ। ए-डिभिजन लिग कात्तिकको अन्तिम साताबाट शुरू हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?