हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
98
Shares

१. देशभर गरिएको १६ हजार ५९४ परीक्षणमा थप ३ हजार ६५१ जनामा कोरोना पुष्टि, १ हजार ७८४ जना संक्रमणमुक्त, २२ जनाको मृत्यु ।

२. साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने सरकारको निर्णय, विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा ।

३. एमालेमा केन्द्रीय कमिटी संख्या २२५ बनाउन प्रस्ताव, उपाध्यक्ष २ र सचिव ७ जना, पोलिटब्युरो नराखिने अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव पेस ।

४. एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाई, नेता नेपालले प्रचण्डसँग मिलेर पार्टी ध्वस्त पारेको र देउवासँग मिलेर सरकार ढालेको आरोप लगाउँदै आक्रोश व्यक्त ।

५. कोरोना जोखिम बढेको भन्दै विद्यार्थीलाई देशका सबै परीक्षा केन्द्र र तोकिएका स्थानमा प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न पाँच दलीय विद्यार्थी संगठनको माग, विद्यार्थीहरुमा मानसिक तनाव बढेको उल्लेख ।

६. कोरोनाको दोस्रो लहरको उत्कर्ष झल्को दिनेगरी अस्पतालमा बढ्न थाले बिरामी, अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकको सुझाव ।

७. कांग्रेसको जिल्ला सभापतिहरुको बैठकमा भूमिसम्बन्धी आयोग तत्काल गठन गर्नुपर्ने माग, नियमित महाधिवेसन हुन नसके कांग्रेसको वैधानिकता जोगाउन विशेष महाधिवेसन गर्न सुझाव ।

८. जनता समाजवादी पार्टी जसपा नेपालमा अब ३५ जनाको कार्यकारिणी समिति रहने, उपेन्द्र यादव एकल अध्यक्ष, महन्थ ठाकुरको अध्यक्ष पदबाट नाम हट्यो ।

९ लुम्बिनीका जसपाका सांसदले दिएको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने बारेमा लुम्बिनी प्रदेशसभालाई कारण देखाउ आदेश जारी ।

१०. ड्रोनको सहायताले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोज्ने तयारी, सरकारद्वारा गठित छानविन समिति दार्चुलामै ।

११. मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्ने मागसहित सर्वोच्चमा रिट, संविधानको धारा १६८ को १ बमोजिम बहुमत प्राप्त दलको नेताको रुपमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाईने जिकिर ।

१२. अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय एक्लै पर्याप्त नभएको अर्थमन्त्री शर्माको भनाई, अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको भन्दै यस विषयमा योजना बनाइरहेको जानकारी ।

१३. अब सर्वसाधारणका लागि पनि खुल्यो अन्तरिक्ष यात्रा, भर्जिन ग्यालेक्टिकले अर्को वर्षदेखि व्यावसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले खुलाएको प्रि(बुकिङबाट ६ सयवटा टिकट बिक्री ।

१४. अफगानस्तानबाट अमेरिकी सेना फिर्ता गएपछि तालिबानले मच्चायो बर्बरतापूर्ण आतंक, महिलाले टाइट कपडा लगाएका कारण तालिबान लडाकूद्वारा गोली हानी हत्या, सुरक्षा कारबाहीमा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूको मृत्यु ।

१५. साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने, खेल अक्टोबर १ देखि १३ सम्म हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?