काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काम गर्दागर्दै हटाइएको भन्दै आफूले बनाएका संरचनाहरु पनि भत्काइ दिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले गीति शैलीमा ओली याद आउने सबै चिजहरु भत्काइदेउ भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
त्यसैगरी आइतबार सार्वजनिक गरेको सरकारको न्यूनतम संयुक्त कार्यक्रम आफूहरुविरुद्धको गाली गलौजको पुलिन्दा भएको समेत आरोप लगाएका छन् । वर्तमान सरकारलाई असंवैधानिक भन्दै भ्रष्ट्राचारीलाई कारबाही गर्न अघि सारिएको प्रस्तावप्रति आक्रोश व्यक्त गरेका छन् ।
‘सरकारको न्युनतम कार्यक्रम हामी विरुद्ध गाली गलौजको पुलिन्दा हो। असंवैधानिक र अपवित्र नन्दिभृगी जालिझेलिहरुको गठबन्धन हो। भ्रष्टाचारीलाई कारबाही गर्ने रे !’ उनले भनेका छन् ।
आज बसेको एमाले बैठकले पार्टीको विधान सशंोधनका लागि प्रस्ताव तय गरेको छ । जसअनुसार अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्ने बाँकीलाई निर्वाचित केन्द्रीय सदस्यहरुले चुन्ने व्यवस्था गर्ने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया