एमाले बैठकमा प्रस्ताव : २२५ केन्द्रीय समिति रहने, अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने

लोकपथ
455
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा जारी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिएको छ ।

केन्द्रीय समितिको संख्या २२५ रहनेगरी उक्त प्रस्ताव पेश गरिएको हो । उक्त प्रस्ताव अनुसार एमालेमा अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारीहरु महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुले चुन्ने व्यवस्था समेत अघि सारिएको छ ।

संशोधित विधान अनुसार पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको एक नेताले जानकारी दिए ।

केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नका लागि दिउँसो स्थायी कमिटी बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?