काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको आईपीओ को प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।
साउन १४ गतेदेखि साउन १९ गतेसम्म निष्कासन गरेको उक्त आईपीओको प्रि-अलटमेन्ट आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा हिजो सम्पन्न भएको हो ।
उक्त आईपीओको बाँडफाँट भोलि गर्न लागिएको सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । समय र स्थान भने निश्चित भइनसकेको बताइएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँबराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया