सेयर बजार झिनो अंकले सुधार, कारोबार कति ?

लोकपथ
26
Shares

काठमाडौं । आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.५४ बिन्दुले बढेर ३ हजार १०९.६६ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले घटी ५७५.९५ मा पुगेको छ ।

कुल २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ मूल्यमा खरिदबिक्री भएका छन् । सोमबार बजार पुँजीकरण १४ अर्ब ३० करोडबराबर पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ८ उपसमूहको सेयर ओरालो लागेको छ । निर्जीवन बीमा ३९, जीवन बीमा ४८.४, जलविद्युत् ११९.५७, वित्त ९०.९१ र अरु ८.४१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ४३.८३, होटल तथा पर्यटन ३७.६६, लघुवित्त ५५.४४, बैंकिङ १२.०८, विकास बैंक ५३.१२, र सामूहिक लगानी कोष ०.६४ र लगानी ०.०४ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज अरुन भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६७ करोडबराबरको कारोबार भयो ।

युनियन हाइड्रोपावरलगायतका ५ वटा कम्पनीहरुको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने एसबिएल डिभेन्चर्स ३.९६ र माछापुच्छ्र्रे डिभेन्चर्स ३.९२ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?