मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न मागसहित सर्वोच्चमा रिट

लोकपथ
650
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गर्ने मागसहित सर्वोच्चमा रिट दर्ता भएको छ ।

सोमबार पूर्वमन्त्री समेत रहेका एमाले सांसद लीला गिरीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गर्न रिट निवेदन दर्ता गरेका हुन् ।

संविधानको धारा १६८(१) बमोजिम बहुमत प्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री पौखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर समेत गरिएको छ ।

विपक्षीहरुले भने अंवैधानिक रुपमा मुख्यमन्त्री पोखरेललाई नियुक्त गरिएको बताउँदै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?