जापान सरकारद्वारा तीन लाख मानिसलाई ठाउँ छोड्न आग्रह

लोकपथ
819
Shares

काठमाडौं । जापानका विभिन्न ठाउँमा आँधीको खतरा रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ ।

देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दा बढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् । अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?