क्रसरमा काम गर्ने १५ वर्षीया किशोरीमाथि बलात्कार

लोकपथ
975
Shares

काठमाडौं । बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने मधुवन नगरपालिका-२ बङगालीपुर घर भएका १९ वर्षीय बिण्णु थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति थारुले राजापुर नगरपालिका-१० झुण्डिपुरस्थित गजुरमुखी क्रसर उद्योगमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राजापुरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?