कांग्रेस जिल्ला सभापतिहरुको बैठक : तत्काल भूमिसम्बन्धी आयोग गठन गर्न माग

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठकमा भूमिसम्बन्धी आयोग तत्काल गठन गर्नुपर्ने आवाज उठेको छ ।

ओली नेतृत्वको सरकारले गठन गरेको आयोग वर्तमान सरकारले खारेज गरेसँगै पुनः आयोग गठन गरी समस्या समाधानतिर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा जिल्ला सभापतिहरुले आयोग खारेजीपछि कांग्रेसविरुद्ध नकारात्मक प्रचारहरु भइरहेको भन्दै तत्काल आयोग गठन गर्न माग गरेका हुन् ।

बैठकमा बोल्दै मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बुले देउवा नेतृत्वको सरकारले तत्काल आयोग गठन नगरे देशभर कम्युनिष्टहरुले गलत सन्देश प्रवाह गर्ने बताए ।

पार्टीको आगामी १४औँ महाधिवेशन अनिश्चित भएसँगै नेतृत्वलाई दबाब दिनका लागि संस्थापन इतरका नेताहरुले बैठक बोलाइएको थियो । यद्यपि अहिले पनि बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?