अब टिकटकमा पनि स्टोरिज राख्न मिल्ने

लोकपथ
325
Shares

काठमाडौं । टिकटकमा पनि स्टोरिज राख्न मिल्ने तयारी सुरु भएको छ । पछिल्लो समय निकै नै लोकप्रिय बनेको एप टिकटकमा नयाँ स्टोरिज फिचर परीक्षण भइरहेको बताइएको छ ।

म्याट नाभराले ट्वीट गर्दै यो फिचरको चर्चा गरेका छन् र टिकटकका प्रवक्ताले समेत त्यसलाई पुष्टि गरेका छन् ।

यो फिचरलाई ‘टिकटक स्टोरिज’ भनिएको छ । यसले पनि इन्स्टाग्राम र स्नापच्याटलगायतका अन्य एपमा रहेका स्टोरिजले जस्तै काम गर्ने बताइएको छ ।

हालै थप भएको साइडबारको माथि तपाईंले फलो गरेको अकाउन्टबाट राखिएको स्टोरी फेला पार्न सकिनेछ । जुन राखेको २४ घण्टामा आफैँ डिलिट हुन्छ ।

‘क्रियट’ बटनमा थिचेर नयाँ स्टोरी बनाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?