एमाले बैठक : विधान संशोधन मस्यौदा केन्द्रीय कमिटीमा लैजाने निर्णय

लोकपथ
416
Shares

काठमाडौं । विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो । स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

उनले भने, “स्थायी कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने भनेर पास भयो ।”

एमालेको केन्द्रीय समिति बैठकमा पनि केहीबेरपछि तुल्सीलाल स्मृति प्रतिष्ठान भवननै बस्नेछ । बैठकले स्थायी समिति बैठकले पारित गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ । आगामी भदौं २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि सांगठानिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीब्रता दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?