ह्वाट्सएपको नयाँ अपडेटमा समस्या, अकाउन्ट ह्याक हुनसक्ने विज्ञहरुको चेतावनी

लोकपथ
234
Shares

काठमाडौं । ह्वाट्सएपको नयाँ अपडेटमा समस्या देखिएको छ । अर्बौंको सङ्ख्यामा प्रयोगकर्ता रहेको ह्वाटसएपले केही दिनअघि मात्रै नयाँ अपडेट ल्याएको थियो ।

‘भ्यु वान्स’ अपडेटमा एक पटक हेरेपछि फोटो आफैँ हराउने फिचर थपिएको थियो । तर नयाँ अपडेट आएको केही समय नबित्दै त्यसमा  समस्या देखिएको छ ।

WhatsApp's latest update fixes a big problem with archived chats | HT Tech

नयाँ अपडेटमा देखापरेको समस्याका कारण अकाउन्ट ह्याक हुनसक्ने जोखिम रहेको विज्ञहरुले बताएका छन् । फ्रडलेन्ड स्क्यामरले उक्त कमजोरीको फाइदा उठाउँदै सहजै प्रयोगकर्ताको म्यासेजमा पहुँच बनाउन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?