काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।
दिउँसो ३ बजेका लागि महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा संस्थापन इतरको बैठक बस्दै छ ।
पार्टीको महाधिवेशन अनिश्चित भएसँगै पौडेल पक्षले संस्थापन पक्षलाई दबाब दिँदै आइरहेको छ । यसअघि पनि पौडेल पक्षले पार्टी महाधिवेशनका विषयमा छलफल गर्न पटक-पटक छलफल गरेको छ ।
यता नेतृत्वहरुलाई दबाब दिन साथै महाधिवेशन सुनिश्चितताको लागि जिल्ला सभापतिहरुको बैठक सुरु भएको छ । काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकमा जिल्ला सभापतिहरुले आ-आफ्नो धारणाहरु राखिरहेका छन् ।
आगामी भदौ १६ देखि १९ गतेसम्म कांग्रेसको महाधिवेशन तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन नहुने निश्चित देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया