अब सर्वसाधारणका लागि पनि खुल्यो अन्तरिक्ष यात्रा, ६ सयवटा टिकट बिक्री भए

लोकपथ
1.1k
Shares

काठमाडौं । अब सर्वसाधारणका लागि पनि अन्तरिक्ष यात्रा खुला भएको छ । भर्जिन ग्यालेक्टिकले अर्को वर्षदेखि व्यावसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले टिकटको प्रि-बुकिङ खुलाइएको हो ।

अन्तरिक्ष यात्राका लागि टिकटको मूल्य ४५०,००० अमेरिकी डलर अर्थात् पाँच करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रकाशित गरेको विज्ञप्तिअनुसार रिचार्डको सफल यात्राले अन्तरिक्षप्रति सर्वसाधारणको रुचि बढाएकोले कम्पनीले शनिबारदेखि टिकट खुलाएको हो ।

कम्पनीका अनुसार इच्छुक यात्रुले एउटा मात्र सिट खरिद गर्नसक्छ, अथवा साथी र परिवारको प्याकेज पनि खरिद गर्न सक्छन् । त्यस्तै पूरै प्लेन पनि रिजर्भ गर्न सकिने कम्पनीले जनाएको छ ।

योभन्दा अगाडि नै कम्पनीले करिब ६ सयवटा टिकट बेचिसकेको छ । ब्लु ओरिजिनले आउने दिनमा अन्तरिक्ष यात्राको टिकटको रकम दुईदेखि तीन लाख अमेरिकी डलर राख्नसक्ने अनुमान गरिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?