कांग्रेस महाधिवेशन : थप रणनीति बनाउन जिल्ला सभापतिहरुको बैठक जारी

लोकपथ
754
Shares

काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनबारे थप रणनीति तयार गर्न जिल्ला सभापतिहरुको बैठक बसेको छ ।

काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकमा ४७ जिल्लाका जिल्ला सभापतिहरुको सहभागिता रहेको छ ।

बैठकमा ३५ जिल्लाका जिल्ला सभापतिहरु भौतिक रुपमा नै उपस्थित रहेका छन् भने १२ जिल्लाका सभापतिहरु भर्चुअल माध्ययमबाट सहभागिता जनाएका छन् ।

आजको बैठकमा जिल्ला सभापतिहरुले आ-आफ्नो धारणा व्यक्त गरिरहेका छन् । यता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आजैका लागि आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?