एमालेको स्थायी कमिटी बैठक जारी, वामदेव पनि सहभागी

लोकपथ
858
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा केहीबेरअघि बैठक सुरु भएको हो ।

आज दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमको समेत उपस्थिति रहेको छ ।

आजको बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत गरिने मस्यौदा प्रस्तावमाथि छलफल गरिनेछ ।

एमालेको संस्थापन पक्षले भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?