प्रधानमन्त्री देउवाद्वारा आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त

लोकपथ
104
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमा लेख्दै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले भनेका छन् ‘विश्व आदिवासी दिवसको अवसरमा स्वदेश र विदेशमा बस्नु हुने सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

आज देशभर विभिन्न कार्यक्रमहरु गरी विश्व आदिवासी दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?