राष्ट्रपतिको भूमिकाप्रति राप्रपा अध्यक्ष डा. लोहनीको आपत्ति

लोकपथ
650
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कडा आलोचना गरेका छन् ।

एमालेको विवाद मिलाउन राष्ट्रपति सक्रिय देखिएको उल्लेख गर्दै संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य नभुल्न उनलाई लोहनीले सचेत गराएका छन् ।

‘के अब संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य दलहरुबीचको अन्तरिक झगडा मिलाउनु हो ?’, लोहनीले प्रश्न गरेका छन्, ‘यदि हो भने जसपाभित्र पनि झगडा छ, अब त्यो मिलाउन पनि रास्ट्रपति सक्रिय हुनुपर्ने होइन र ?’

लोहनीले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘अझ नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दलकै वैधानिकतामा संकट आउलाजस्तो छ। त्यो राष्ट्रति महोदयले अब कैले मिलाइदिने ?’

उनले अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति भवनभित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोलेर त्यसको नेतृत्व गर्न भन्दै कटाक्ष समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?