प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

लोकपथ
780
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकमा सरकारको नियमित एजेण्डासहित कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा छलफल हुने बताइएको छ ।

सरकार गठनको एक महिना बित्न लाग्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । राज्यमन्त्री र प्रधानमन्त्रीसहित देउवाको मन्त्रिमण्डलमा ६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?