१० असार २०७९, शुक्रवार

राप्रपा(प्र)ले समझदारीका आधारमा उम्मेदवार छनोट गर्ने

२०७४,आश्विन,२२,आईतवार १४:५३

0
Shares

काठमाडौँ, २२ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले बृहत् लोकतान्त्रिक गठबन्धनसँग समन्वय गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारको नामावली छनोट गर्ने भएको छ ।नेपाली काँग्रेसको नेतृत्वमा रहेको बृहत् लोकतान्त्रिक गठबन्धनमा सो पार्टी सदस्यका रुपमा क्रियाशील रहेकाले गठबन्धनसँग हुने समझदारीका आधारमा जिल्ला कमिटीले पठाएको नामावलीबाट उम्मेदवार छनोट गरिनेछ ।पार्टीले वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेलाई संगठनका तर्फबाट गठबन्धनमा सदस्यका रुपमा खटाएको छ । पार्टीले गठबन्धनसँग समन्वय गरी प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक उम्मेदवारको नामावलीलाई बन्दसूचीमा राखेर निर्वाचन आयोगमा पठाउनेछ ।उक्त पार्टीले यही असोज २४ गतेभित्र केन्द्रमा पठाउन सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ । पार्टी जिल्ला कमिटीले देशभरबाट पठाएको निर्विरोध उम्मेदवारको नामावलीलाई केन्द्रले प्राथमिकतामा राख्ने तथा एकभन्दा बढी सिफारिस आएका उम्मेदवारमाथि मूल्याङ्कन गरी गठबन्धनसँगको सहकार्यमा उम्मेदवारलाई टिकट वितरण गरिने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।प्रतिनिधिसभामा १६५ सदस्य तथा प्रदेशसभामा ३३० सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार सिफारिस गर्दा उनीहरुको लोकप्रियता र संगठनप्रतिको निष्ठालाई प्राथमिकतामा राख्न सम्बन्धित जिल्ला संगठनलाई जिम्मेवारी दिइएको छ ।त्यस्तै, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभामा ११० सदस्य तथा प्रदेशसभामा २२० सदस्यका लागि उम्मेदवार सिफारिश गर्दा उम्मेदवारले संगठन विस्तारमा निर्वाह गरेको भूमिका तथा बौद्धिक विशेषज्ञतालाई महत्व दिइनेछ । विभिन्न स्थानबाट उम्मेदवारको नामावली सिफारिस भई आउनेक्रम जारी रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १४:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

काठमाडाैं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा बाणिज्य र

ललितपुर । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्

सप्तरी । जिल्ला समवन्य समिति सप्तरीको प्रमुखमा तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६