आज पठाओको ट्याक्सी ‘फ्रि’ !

लोकपथ
14
Shares

काठमाडौं । पठाओ ट्याक्सीको दोस्रो वार्षिकोत्सवका दिन आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।

दिउँसो २ बजेदेखि २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट बुकिङ गर्ने सबै सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउने पठाओले जानकारी दिएको छ ।

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन ९चालक० र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।

पठाओले नेपालमा सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?