काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि अनिवार्य बिदामा बस्ने भएका छन् ।
आगामी भदौ २४ गतेबाट अनिवार्य अवकाश पाउन लागेका प्रधानसेनापति थापा आजदेखि एक महिना बिदामा बस्न लागेका हुन् ।
थापा २०७५ साल भदौ २४ गते प्रधानसेनापति नियुक्त भएका थिए । यससँगै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्माले पाउने भएका छन् । उनले प्रधानसेनापतिको जिम्मेवारी साउन २६ गतेदेखि पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया