इङ्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट बराबरीमा टुंगियो

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोली र घरेलु टोलीबीच खेलिने पाँच टेस्ट सिरिज अन्तर्गतको पहिलो टेस्ट खेल बराबरीमा टुंगिएको छ।

भारत जितको निकै नजिक हुँदा आइतवार पाँचौं दिनको खेलमा वर्षाले ठूलो प्रभाव पारेपछि इङ्ल्यान्ड हारबाट जोगिएको हो। टस जितेर ब्याटिङ रोजेको इंग्लिश टोलीले पहिलो इनिङमा खराब ब्याटिङ गरेको थियो। पहिलो इनिङमा १८३ रनमा अलआउट भएको इङ्ल्यान्डका लागि कप्तान जो रुटले सर्वाधिक ६४ रनको योगदान दिएका थिए। घरेलु टोलीलाई सस्तोमै समेट्न भारतका जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट लिएका थिए।

James Anderson had Virat Kohli edging behind first ball, England vs India, 1st Test, Nottingham, 2nd day, August 5, 2021

जवाफी ब्याटिङमा १८३ रनले पछि परेको भारतले पहिलो इनिङमा शानदार शुरुवात गर्यो। ओपनरद्वय रोहित शर्मा र केएल राहुलले राम्रो शुरुवात गर्दा भारतले २७८ रन बनाउन सफल भएको थियो। राहुलले सर्वाधिक ८४ रनको पारी खेल्दा अलराउन्डर रविन्द्र जडेजाले ५६ रन बनाएका थिए। इङ्ल्यान्डका तिब्र गतिका बलर ओली रोबिनसनले ५ विकेट लिंदा जेम्स एन्डरसनले ४ विकेट लिएका थिए।

दोस्रो इनिङमा ९५ रनले पछाडि रहेको इङ्ल्यान्डले औसत ब्याटिङ प्रदर्शनी देखायो। इंग्लिश टोलीका लागि पुनः एकपटक कप्तान जो रुटले शानदार ब्याटिङ गरे। उनले १०९ रनको शतकीय पारी खेल्दा अलराउन्डर स्याम करनले ३२ रन बनाएका थिए। भारतका बलर बुम्राहले सर्वाधिक ५ विकेट लिंदा इङ्ल्यान्ड ३०३ रनमा अलआउट भएको थियो।

Jasprit Bumrah joins his team-mates in celebration as Joe Root walks back, England vs India, 1st Test, Nottingham, 4th day, August 7, 2021

दोस्रो इनिङमा २०८ रनको विजयी लक्ष्य लिएर क्रिजमा उत्रेको भारतले संयमित ब्याटिङको नमुना पेश गरेको थियो। पाँचौं दिनको लन्च ब्रेकसम्म १४ ओभरको समाप्तीमा ५२ रन बनाउँदै मात्र १ विकेट गुमाएको भारतले त्यस पश्चात् वर्षाका कारण ब्याटिङ गर्ने मौका पाएन र खेल बराबरीमा टुंगियो।

यस बराबरीसँगै पाँच टेस्टको सिरिजमा दुवै टोलीले अग्रता लिन सकेका छैनन्। दुवै इनिङमा शानदार ब्याटिङका लागि इङ्ल्यान्डका कप्तान जो रुट खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

Joe Root was named player of the match for his 64 and 109, England vs India, 1st Test, Nottingham, 5th day, August 8, 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?