काठमाडौं । आजदेखि कोभिड १९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदैछ ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका जेष्ठ नागरिकहरुलाई सोमवारदेखि दोस्रो मात्रा खोप लगाइने भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको हो । जापान र भुटानबाट आएको खोप लगाइने महाशाखाले जनाएको छ ।
काठमाडौँमा १४४ खोप केन्द्रमार्फत जेष्ठ नागरिकहरुलाई कोभिसिल्डको दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया