काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफु प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकार बन्ने दौडमा नरहेको बताएका छन् ।
कतिपय अनलाइनहरुले प्रवक्ता शर्मा प्रधानमन्त्री देउवाको राजनीतिक सल्लाहकार बन्ने दौडमा रहेको समाचार छापेपछि उनले आफु सो दौडमा नरहेको स्पष्ट पारेका हुन् । प्रवक्ता शर्माले आफुलाई सल्लाहकार बन्नको लागि माग पनि नआएको र आकांक्षा पनि नभएको प्रस्ट्याए ।
‘सल्लाहकार बन्ने दौडमा छैन । न माग छ, न आकांक्षा । कतिपय अनलाइन समाचारमा पटकपटक नाम उल्लेख गरिएपछि क्षमा याचना सहित यो प्रस्टीकरण राखें है ल ।’ उनले भने ।
उनले झक्झक्याउने, त्रुटि औंल्याउने, सुझाव र साथ दिने व्यक्तिगत र पार्टिगत कर्तव्य भने निरन्तर जारी रहने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया