१७ असार २०७९, शुक्रवार

वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति : अध्यक्ष वैद्य

२०७४,आश्विन,२२,आईतवार १४:५०

0
Shares

पोखरा, २२ असोज – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन् ।नेकपा क्रान्तिकारी माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताए ।सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस शुरु गर्नुपर्नेमा जोड दिए । उनले निरन्तरताको क्रम भङ्गको भनाइलाई उल्टो क्रम भङ्ग भएको टिप्पणी गर्दै सम्मेलनले क्रान्तिको कार्यदिशा निर्धारण गर्ने बताए ।पार्टीका उपाध्यक्ष चन्द्रप्रकाश गजुरेलले क्रान्तिकारी कम्युनिष्ट पार्टीको धु्रवीकरणको आवश्यकतामाथि प्रकाश पारे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामसिंह श्रीश, स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल, नेकपा मसालका केन्द्रीय सदस्य रामप्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीलगायतले क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकतामा जोड दिए ।पाँच दिनसम्म चल्ने सो सम्मेलनमा सबै जिल्लाका करिब ४०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वर्गीय पुत्र प्रकाश दाहालको सालिक अनावरण भएको छ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । चुनावचिन्ह घण्टीसहित राष्ट्रिय स्वतन्त्र पार्टी आज

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१