राजनीतिक समस्या सहमतिमा समाधान गर्न प्रदेश प्रमुख शेरचनको आग्रह

लोकपथ
182
Shares

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सबै राजनीतिक दलहरुलाई सहमति र सहकार्य गरी प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न आग्रह गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले आइतवार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेशको समस्या समाधानका निम्ति सबै राजनीतिक दलहरु सहमतीका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

उनले समस्या समाधानका लागि संवैधानिक बाटो रोज्नुपर्ने बताए । संवैधानिक बाटोमा अल्पमत र बहुमत हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले पूर्वाग्रह बिना संवैधानिक व्यवस्थालाई आत्मसात गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?