कोरोना संक्रमणबाट बाँकेमा तीन र दाङमा एकको मृत्यु

लोकपथ
77
Shares

रूपन्देही । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन संक्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक संक्रमितको आजै मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका रोल्पाको लुङ्ग्री गाउँपालिका–६ निवासी ५८ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका– १५ निवासी ४५ वर्षीय पुरुष र सुर्खेतको भेरीगंगा नगरपालिका– १० निवासी ३९ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । योसँगै हालसम्म कोरोना संक्रमणपछि उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेका अस्पतालमा आएका ३८६ व्यक्तिको मृत्यु भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कोरोना उपचार केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा पुनः कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएको जिल्ला वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?