कहिले विवाह गर्दै छन् रणवीर–आलिया

लोकपथ
1.2k
Shares

बलिउडको कपूर खानदानका अभिनेता रणवीर कपूर र निर्देशक महेश भट्टकी पुत्री आलिया भट्टको प्रेम निकै झाँगिएको जगजाहेर छ । सुटिङको सेटदेखि फ्यामिली ग्यादरिङमा रणवीर र आलियालाई प्रायः साथै देखिन्छ ।

उनीहरूबीच झाँगिएको माया प्रेम एक स्टेप अगाडि बढेर विवाहबन्धनमा बाँधिएको उनीहरूका फ्यान र सेलिब्रेटीहरु समेत हेर्न चाहन्छन् । त्यसैले होला अहिले रणवीर र आलियाको विवाहको चर्चा बलिउडकै सेलिब्रेटीहरुमा पनि गसिपको विषय हुन थालेको छ ।

बलिउड अभिनेत्री लारा दत्तले पनि हालै रणवीर–आलियाको विवाह प्रसङ्ग निकालेर गसिप बनाउने प्रयास गरिन् । आफ्नो नयाँ आउन लागेको फिल्म ‘बेल बटन’को प्रमोसनमा सरिक हुने बेलामा लारा दत्तले रणवीर–आलियाको विवाह यही वर्ष हुने सम्भावना रहेको बताइन् ।

हुन त लाराले पनि रणवीरले भनेको पहिलाको कुरा याद गरेरै भनेको हुनसक्छ । किनकि रणवीरले पनि कोरोना सङ्क्रमणको कारण हाम्रो विवाह हुन नसकेको मात्र हो । यो अलि साम्य भएमा हामी तुरुन्त विवाह गर्छौ भनिसकेका छन् ।

अभिनेत्री आलिया भट्ट कपूर परिवारका सदस्यहरू निकै नजिक भएको कारणले पनि अहिले रणवीर–आलियाको विवाह चर्चामा आउने गरेको देखिन्छ । रणवीरको बुबा ऋषि कपूरको मृत्यु हुँदा पनि आलिया कपूर परिवारसँगै रहेकी थिइन् । रणवीरको आमा नितू सिंह कपूर र उनको बहिनी रिद्धिमासँग पनि आलियाको राम्रो घनिष्ठता रहेको छ ।

बलिउडमा अहिले रणवीर–आलियाको विवाहले निकै चर्चा पाएको छ । हालै सुपर डान्सर सिजन ४ मा अतिथिको रूपमा करिष्मा कपूर सहभागी हुँदा पनि रणवीर–आलियाको विवाहकै चर्चा चल्यो । करिष्मालाई तपाईँको परिवार फिल्म क्षेत्रमा नामुद हुन् । अहिले तपाईँको परिवारका कति सदस्य चलचित्र क्षेत्रमा छन् भनेर सोध्दा अर्का निर्णायक अनुराग बासुले उक्त लिस्टमा आलिया भट्टलाई पनि जोड्ने त होला नि भनेर ठट्टा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?