काठमाडौं । विश्व हिन्दू युवा संघ स्याङ्जाले गण्डकी प्रदेश शिक्षा,संस्कृति ,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेख लाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।
संघले मन्त्रीसमक्ष विद्यालय तहमा नैतिक तथा व्यवहारिक शिक्षा लागू गराउनको लागि ज्ञापन पत्र बुझाएको हो ।
संघले स्याङ्जाका विभिन्न स्थानीय तहहरुमा गएर ज्ञापन पत्र बुझाएको छ र त्यहाँबाट राम्रो प्रतिक्रिया आएको अध्यक्ष नबराज पौडेलले जानकारी दिए ।
उनका अनुसार स्याङ्जाका विभिन्न स्थानीय तहहरुले यही शैक्षिक सत्रबाट नैतिक शिक्षा लागू गर्ने भएका छन्।
मन्त्री श्रेष्ठले आहिले नैतिक र व्यवाहारिक शिक्षा अत्यन्तै आवस्यक रहेको र यसलाई शिक्षा नीतिमा समावेश गर्ने कुरा व्यक्त गरेका थिए । उनले यो अत्यन्तै राम्रो कुरा भएको कुरा पनि व्यक्त गरेका थिए ।
ज्ञापन पत्र बुझाउन संघका अध्यक्ष पौडेल, केन्द्रिय सदस्य पवन नेपाल तथा संघका सहयोगी हिक्कमत जंग कार्की, संजय कार्की लगायतका प्रतिनिधिहरू ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया