नेपालमा कोरोना : थप २ हजार ५४८ जनामा संक्रमण, कति निको भए?

लोकपथ
416
Shares

काठमाडौं । गत २४ घण्टाको अवधिमा देशभर थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

त्यस्तै २४ घण्टाभित्र नेपालमा थप दुई हजार २९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित भइ निको हुनेको संख्या छ लाख ६९ हजार २९९ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?