अरनिकोको अझै एकलौटी, सरकारले दिएको सुविधा पनि दिँदैन

सिन्धुपाल्चोक, २२ चैत – यात्रुलाई सुविधा दिने भन्दै विभिन्न नामबाट बस सेवा चलेका भए पनि अरनिको राजमार्ग भएर दोलखा, चरिकोट र रामेछापसम्म गुड्ने अधिकांश बस अरनिको सेवा समितिअन्तर्गतका छन्, कान्तिपुरमा खबर छ  ।काठमाडौंबाट चौतारा आउने जुगल, जलवीरे आउने जलवीरे यातायात, बाह्रबिसे चल्ने सुनकोसी, दोलखा चल्ने सगरमाथा, काभ्रेमा कोसीपारि र शैलुंगेश्वरी यातायातका नाममा अरनिकोले नै बस सञ्चालन गर्दै आएको छ ।सीमा क्षेत्र तातोपानी र सदरमुकाम चौतारासम्म दुवै रुटमा अरनिकोकै बस चल्ने गरेका छन् । सरकारले दिएको सुविधा पनि अरनिको यातायातले दिने गरेको छैन । विद्यार्थी, अपांगता भएका र ज्येष्ठ नागरिकले पाउने सहुलियत अरनिको बसले नदिएको यात्रुको गुनासो छ । महिला, अपांग र ज्येष्ठ नागरिक सिटको अवज्ञा नै गरिएको छ ।‘सिन्डिकेट नहटेका कारण सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन्, त्यसका अलावा दुर्घटनाको जोखिम उच्च छ,’ दैनिक विद्यालय आउजाउ गर्दै आएकी साँगाचोक पोखरेकी सीता पराजुलीले भनिन्, ‘बेलामै समाधान गर्न जरुरी देखिन्छ ।’ सिटबाहेक राख्न नपाइने भए पनि अरनिको बसमा कोचाकोच यात्रु राखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?