काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ् गाउपालिका–५ घर भई हाल काठमाडौँ टोखा १० बस्ने ४२ वर्षीय चिरायु खालिङ रहेका छन्।
पक्राउ परेका चिरायुलाई उच्च अदालत पाटनको २०७७/११/१० को फैसलाले ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिबाना ठहर गरेको थियो।
सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्याई सेन्चुरी बैंकको चेक काटेर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया