चलचित्र कलाकार संघद्वारा कोरोनाविरुद्धको खोप कार्यक्रम

लोकपथ
91
Shares

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड–१९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताइन् ।

संघले आयोजना गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कोरोना खोप लगाएपछि कोभिड–१९ संक्रमित भएकाहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।

कलाकारितामा काम गर्नेहरु धेरै क्षेत्रमा हिँड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको उनले बताइन् । कोभिडविरुद्धको खोपका लागि आफू जहाँ गएर पनि टेबुलटक गर्न तयार रहेको उनले बताइन् ।

उनले भनिन्, ‘खोप लगाएका साथीहरुलाई कोभिड भएपनि नर्मल हुँदोरहेछ, मैले पनि खोप लगाएँ तर कोभिड भए पनि मलाई गाह्रो भएन, खोप लगाएपछि कोभिड–१९ बाट संक्रमित भएका साथीहरु त्यत्ति आत्तिनुपर्ने रहेनछ, कलाकारितामा काम गर्ने साथी धेरै क्षेत्रमा हिँड्नुपर्छ, धेरै मानिससँग घुलमिल हुनुपर्छ, कलाकारलाई खोप लगाउने काम गर्नु एकदमै राम्रो, यसका लागि जुन मन्त्रालयमा गएर पनि टेबुलटक गर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?