जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौं : बामदेव गौतम

लोकपथ
598
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताए ।

‘नेपालको कृषि भूमि छ, त्यहाँ एक टुक्रा पनि जमिनदारी जमिन छैन । त्यो सबै अनेक–अनेक हिसाबले रगत पसिना बगाएको पैसाबाट लिएको जमिन छ,’ गौतमले भने, ‘त्यो जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’

हाल जनताको स्वामित्वमा रहेको करिब २६ लाख हेक्टर बस्न योग्य जमिन करिब ४०० खर्बमा बैंक ग्यारेन्टीमा किनेर सरकारी स्वामित्वमा लिई सरकारले आफ्नो योजनामा परिचालन गर्नुपर्नेमा उनको जोड थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?