काठमाडौं । नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको आमाको निधनप्रति पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् ।
ओलीले आज एक शोक वक्तव्य जारी गर्दै भट्टराईकी आमा महेन्द्रदेवी भट्टराईको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य कामरेड योगेश भट्टराईकी ममतामयी आमा महेन्द्रदेवी भट्टराईको ९५ वर्षको उमेरमा २०७८ साल साउन २३ गते भएको निधनले हाम्रो पार्टी अत्यन्त दुखित बनाएको छ ।’ ओलीले भनेका छन्- ‘यस दु:खद् घडीमा हाम्रो पार्टी दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न कमरेड योगेश भट्टराईलगायत सबै परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया