कसले दियो दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बमले उडाउने धम्की ?

लोकपथ
273
Shares

नयाँदिल्ली । अलकायदा समूहले भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बमले उडाउने धम्की दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीलाई इमेलमार्फत अलकायदाले विमानस्थल बमले उडाउने धम्की दिएको हो। तीन दिनभित्र विमानस्थलमा बम राख्ने इमेलमा उल्लेख छ।

धम्की आएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसअघि गत मार्च २१ को दिन पनि यस्तै धम्की दिइएको इमेल दिल्ली प्रहरीले प्राप्त गरेको थियो।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?