बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौँ, २२ असोज – बालाजु औद्योगिक क्षेत्रभित्रको विन्दबासिनी प्लास्टिक फर्ममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।काठमाडौँ महानगरपालिका–१६ भित्र रहेको उक्त फर्ममा आज साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागी भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेको थियो ।फर्मको दोस्रो तलामा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी, दुईवटा दमकल, दुईवटा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा आएको वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीले जानकारी दिए । आगलागीबाट करिब रु १५ लाख बराबरको क्षति भएको फर्मका सञ्चालक हृदयनारायणप्रसाद कुशवाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?