अनमोलले ‘साइन’ गरे ‘एक्स ९’, यूरोप, अबुधाबी र क्यानडामा सुटिङ हुने

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपालका चर्चित अभिनेता अनमोल केसीले फिल्म ‘एक्स ९’ ‘साइन’ गरेका छन् । शनिबार अनमोलले फिल्मको मुख्य भूमिकाको लागि साइन गरेका हुन् ।

महँगो पारिश्रमिक तिर्ने गरेर अनमोल​लाई फिल्ममा लागि अनुबन्धित गरिएको फिल्मका निर्देशक मुकुन्द भट्टले जानकारी दिए ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् ।

अनमोलको अलवा सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही, राज कटुवालको पनि अभिनय रहने फिल्म नेपालसँगै यूरोप, अबुधाबी र क्यानडामा खिचिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?