एमाले एकताको कसरत : विघटित कार्यदलका सदस्यहरु छलफलमा

लोकपथ
299
Shares

काठमाडौं । नेकपा एमालेको एकताका लागि बनाइएको विघटित कार्यदलले पार्टी एकता बचाउन कसरत थालेको छ ।

आइतबार (आज) का लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएसँगै कार्यदलका सदस्यहरु छलफलका लागि जुटेका हुन् ।

आज बिहानैबाट कार्यदलका सदस्यहरु छलफलमा जुटेको र साँझसम्म एकताको प्रयासको बिन्दुमा पुग्ने विश्वास लिएको स्रोतले जनाएको छ ।

गत शुक्रबार बसेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकले १० बुँदे सहमतीलाई एकताको आधार मान्न सकिने भएपनि त्यो मात्रै प्रयाप्त नभएको निष्कर्ष निकालेको थियो ।

नेपाल पक्षकै आग्रहमा आजका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि सारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?