काठमाडौं । नेपालको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि भूटानी शरणार्थी किरण गजमेरले हात पारेका छन् ।
झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् ।
आर्यन तामाङ, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै किरणले उपाधि हात पारेका हुन् । किरण टिम प्रमोदबाट टप-४ मा पुगेका थिए ।
उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि हात पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया