उदयपुर। जिल्लाको उदयपुरगढी गाउँपालिका ७ अधेरीमा रोकिराखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमानै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका ४ कि ३८ वर्षीया निशा दनुवार रहेकी छिन् ।
शनिबार दिउँसो ३ बजे उनी आफ्नै श्रीमान् श्याम दनुवारसँग मोटरसाइकल चढी अधेरी झरना घुम्न गएकी थिइन् । सोही क्रममा उनी त्यही ठाँउमा रोकी राखेको प्र२-०१-००१ह०५६० नम्बरको टेम्पोमा गएर बसेकी बेला रुख ढलेर टेम्पुलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
उक्त रखले टेम्पु नजिकै रहेका कटारी ४ की २७ वर्षीया मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ वर्षीया कुमार तामाङ र मृतककै श्रीमान् समेत घाईते भएका थिए। घाइतेमध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानीय मेडिकलमानै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया