सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै

लोकपथ
169
Shares
sf7df8f}F, !# ;fpg M ;Qf?9 u7aGwg a}7s k|wfgdGqL lgjf; afn’jf6f/df a’waf/ a;]sf] ;Qf?9 u7aGwgsf] a}7s . a}7sdf g]kfnL sfªu|];sf ;efklt tyf k|wfgdGqL z]/axfb’/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k’iksdn bfxfn…k|r08Ú, h;kf g]kfnsf cWoIf pk]Gb| ofbj, h;kf ;ª3Lo kl/ifbsf cWoIf 8f afa’/fd e§/fO{, g]skf -Pdfn]_sf g]tf 8f ljho kf}8]n, /fli6«o hgdf]rf{sf cWoIf lrqaxfb’/ s];Lnufot ;xefuL x’g’x’G5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार (आज) सार्वजनिक गर्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आज उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

शनिबारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी एवं जनमोर्चाका सांसद दुर्गा  पौडेल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?