२४ माघ २०७९, मंगलवार

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

२०७४,आश्विन,२२,आईतवार १४:४७

9
Shares

काठमाडौँ, २२ असोज – बालाजु औद्योगिक क्षेत्रभित्रको विन्दबासिनी प्लास्टिक फर्ममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।काठमाडौँ महानगरपालिका–१६ भित्र रहेको उक्त फर्ममा आज साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागी भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेको थियो ।फर्मको दोस्रो तलामा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी, दुईवटा दमकल, दुईवटा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा आएको वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीले जानकारी दिए । आगलागीबाट करिब रु १५ लाख बराबरको क्षति भएको फर्मका सञ्चालक हृदयनारायणप्रसाद कुशवाहले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १४:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया

जनकपुरधाम । अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने टिपरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित

काठमाडौं । तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान संघर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३०

ताजा समाचार

बोक्सीको आरोप लाउनेलाई कैद सजाय
 २०७९,माघ,२४,मंगलवार २१:२९
कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८