टोकियो ओलम्पिक: केन्याका किपचोगेले जिते पुरुष म्याराथनमा स्वर्ण

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष म्याराथनतर्फ केन्याका इलिउड किपचोगेले स्वर्ण पदक जितेका छन्।

लन्डन ओलम्पिक २०१२ तथा रियो ओलम्पिक २०१६का स्वर्ण पदक विजेता तथा म्याराथनमा विश्व किर्तिमान रचेका ३६ वर्षीय किपचोगे म्याराथन इतिहासकै उत्कृष्ट धावकमा पर्दछन्। आइतवार सम्पन्न दौडमा किपचोगेले ३० किलोमीटर मार्कबाट अग्रता लिन शुरु गरेका थिए।

उनले दौडमा अग्रता लिंदै जाँदा १ मिनेट १७ सेकेन्डले अन्य प्रतिस्पर्धीभन्दा पहिले दौड पूरा गर्न सफल भए। आफ्नो चौथो ओलम्पिक पदक जित्ने क्रममा उनले २ घण्टा ८ मिनेट ३८ सेकेन्डको समयमा दौड पूरा गरेका हुन्। यस स्वर्ण पदकसँगै उनी ओलम्पिक म्याराथनमा बहुमुखी पदक जित्ने मात्र तेस्रो खेलाडी बन्न पुगेका छन्।

किपचोगेलाई पछ्याउने क्रममा नेदरल्यान्ड्सका अब्दी नागियी दोस्रो हुन सफल भएका छन् भने केन्याका लरेन्स चेरोनोलाई अन्तिम २०० मिटरमा पछि पार्दै बेल्जियमका बशिर अब्दी तेस्रो भएका छन्।

टोकियो ओलम्पिक: पुरुष म्याराथन पदक विजेता

स्वर्ण: इलिउड किपचोगेले (केन्या) २:०८:३८
रजत: अब्दी नागियी (नेदरल्यान्ड्स) २:०९:५८
काश्य: बशिर अब्दी (बेल्जियम) २:१०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?