टोकियो ओलम्पिक : पुरुष भलिबलमा फ्रान्सले पहिलो पटक जित्यो स्वर्ण

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष भलिबलतर्फ फ्रान्सले रसियन ओलम्पिक कमिटीलाई पराजित गर्दै ओलम्पिक भलिबलमा पहिलो पटक स्वर्ण पदक जित्न सफल भएको छ।

शनिबार सम्पन्न फाइनल खेलमा फ्रान्सले पहिलो दुई सेटमा जित निकाल्दै २-० को अग्रता लिन सफल भएको थियो। तर बलियो टोली रसियन ओलम्पिक कमिटीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेटमा जित निकाल्न सफल भएको थियो।

दुवै टोली २-२ को सेटमा रहेको अवस्थामा निर्णायक सेट भने फ्रान्सले जित्न सफल भयो। अन्तिम सेटमा फ्रान्सले रसियन ओलम्पिक कमिटीलाई १५-१२ को सेटमा पराजित गरेको थियो।

प्रारम्भिक चरण अन्तर्गतको ५ खेलमध्ये मात्र दुई खेल जित्न सफल फ्रान्सले अप्रत्याशित रूपमा स्वर्ण पदक जितेको छ। प्रारम्भिक चरणमा मात्र दुई जित निकाल्दा पनि फ्रान्सले रसियन ओलम्पिक कमिटीलाई ३-१ ले पराजित गरेको थियो।

टोकियो ओलम्पिक पुरुष भलिबल पदक तालिका

स्वर्ण: फ्रान्स
रजत: रसियन ओलम्पिक कमिटी
काश्य: अर्जेन्टिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?