कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने महिला सेनाको अनुभव (भिडियो सहित)

लोकपथ
3.2k
Shares

कोरोना सङ्क्रमण भएर मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा नेपाली सेना अग्रपंतिमा थियो । नेपाली सेनामा पनि यो जिम्मेवारी महिला सेनाहरूले अझ विशेष रूपमा पाएका छन् ।

कोरोनाको पहिलो लहर वाटै मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको सक्रियता दोस्रो लहरमा अझैँ बढ्यो । नेपाली सेनाले पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा गोरखकाली गुल्मलाई खटायो । महिला सेनाहरू मात्र रहेको गोरखकाली गुल्मका महिला सेनाहरूले यस पटक आफ्नो भूमिका विशेष रूपमा प्रस्तुत गरे ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन गर्न नेपाली सेनाको सवारी साधन चलाएर जाने अन्जु खड्कालाई यस पटक हामीले  ‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ को आठौँ शृङ्खलामा प्रस्तुत गरेका छौँ ।

एक दिन शव व्यवस्थापन गरेपछि १४ दिनको अनिवार्य क्वारेनटाइनमा बिताउनु पर्ने नियमका बाबजुद पनि खड्काले ४ पटक आफूलाई आइसोलेट गरेर यो काममा खटिइन् । महिलाले शव बोक्नु हुँदैन, दाह संस्कार गर्नु हुदैंन भन्ने मान्यतालाई चिर्दै आपत्को समयमा महिलाले पनि गर्न सक्छन् भन्ने कुरा यस पटक कोरोनाको महामारीमा नेपालका महिला सेनाहरूले प्रस्तुत गरे । धर्म सम्प्रदाय अनुसार उनीहरूको अन्तिम संस्कार स्थलमा शव पुर्‍याउने जिम्मेवारी निभाएकी खड्कासँग  ‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ का प्रस्तोता लेखमणि त्रित्रालले गरेको कुराकानीको भिडियो अंश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?